बन्चरो प्रहार गरी सहोदर भाइको हत्या गर्ने व्यक्ति पक्राउ

बिडीको विषयमा झगडा हुँदा बन्चरो प्रहार गरी सहोदर भाइको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति अर्घाखाँचीको शितगंगा नगरपालिका–६, पाखापानी निवासी ४२ वर्षीय टेकबहादुर बादी हुन्।

गत असार १२ गते साँझ ६ बजे बिडी मागेकाे विषयलाई लिएर उत्पन्न विवादपछि उनले आफ्ना ३२ वर्षीय भाइ बोमबहादुर बादीलाई निधारमा बन्चरो प्रहार गरेका थिए।

गम्भीर घाइते भएका बोमबहादुरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना हुँदा दुवै जनाले मादक पदार्थ सेवन गरेका थिए।

हाल टेकबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img