देशका अधिकांश स्थानमा औषतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको अनुमान रहेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले खोलानालाहरूबाट जोगिन अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले मंगलबार एक सूचना जारी गरी सम्भावित विपत्बाट जोगिन आग्रह गरेका हुन् ।
दुधकोशी, सुनकोशी, रावाखोला, सावाखोला, साप्सुखोला, तावाखोला, टुवाखोला, मेवाखोला, तापखोला, लैकुखोला, बुवाखोला, छेपेखोला, खरुवाखोलामा पानीको बहाब बढ्दै गइरहेको भन्दै हिँँडडुल गर्दा सतर्क रहन आग्रह गरिएकाे छ
कतै विपद्जन्य घटना घटेकाे खण्डमा जानकारी गराउनका लागि सम्पर्क नं. पनि दिइएकाे छ ।
सम्पर्क नं.
प्रमुख जिल्ला अधिकारी– ९८५२८०७७७७
सहायक प्रमुख जिल्ला अधिकारी– ९८५२८४९९७७
सूचना अधिकारी– ९८५२८४९९६६
जिल्ला प्रहरी कार्यालय खोटाङ– ९८५२८०५५५५
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, हलेसी– ९८५१२७२२०९
केही घटना घटे यी मध्ये कुनै नम्बरमा फोन गरी जानकारी गराउन सकिने छ ।
