हिन्दुहरू पनि प्रकृतिपूजक हुन्, जनजातिले मात्र किन त्यसो भन्छन्? (भिडिओसहित)

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले नेपालका जनजातिहरूले के बुझेर आफूलाई प्रकृतिपुजक भन्छन् भन्ने कुरा बुझ्न नसकेको बताएका छन्।

गत सोमबार किरात मुन्दुम अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा उनले जन्मदेखि मृत्युसम्मका संस्कारमा किराती र हिन्दुहरू एउटै रहेको व्याख्या गर्दै भिन्नताका नाममा लडाईं गर्न जरुरी नभएको बताए।

हिन्दुहरू पनि प्रकृतिपुजक नै रहेको उनको भनाइको आशय थियो। तर उनले याे कुरा स्पष्ट चाहिँ भनेनन्।

जीतेन राई, डा. विद्यानाथ कोइराला र डा. शान्तिदेवी राई ।

किरात मुन्दुमबारे आफ्नाे विचार राख्दा उनले भिन्न संस्कार र जीवनशैली रहेको किरातीहरूलाई पनि हिन्दुहरूजस्तै देख्ने प्रयास (assuming similarities) गरेका थिए।

उनले डा. शान्तिदेवी राईद्वारा लिखित पुस्तक ‘किरात राई मुन्दुम संस्कार रिसिया’ र हिन्दुहरूको संस्कार तुलना गर्दै हामी एउटै रहेछौं भन्ने तर्क गरेका थिए।

वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले किराती मुन्दुमलाई गैरकिराती वा हिन्दुहरूले कसरी बुझेका छन् भनेर जान्न वा उनीहरूलाई पनि बुझाउनका लागि अन्तरक्रिया कार्यक्रम गरिएको बताए।

 

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img