साउन १ देखि ८ गम्भीर रोगका बिरामीलाई २ लाखसम्म उपचार सहायता

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हालसम्म एक लाख रुपैयाँमा सीमित यो सुविधा आगामी साउन १ गतेदेखि दोब्बर बनाइने बताएका छन्।

मन्त्री पौडेलले आठ प्रकारका गम्भीर रोगका बिरामीका लागि उपचार खर्च दोब्बर बनाइएको जानकारी दिए।

अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डको चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर रोग भएका बिरामीले दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img