जबरजस्ती गैरकिराती विधिमा दाहसंस्कार, किक अभियानकाे आपत्ति

उदयपुर जिल्ला ताप्ली गाउँपालिका–१ का ६ वर्षीय दिप्शन राईको काठमाडौंमा मृत्यु पश्चात् उनको दाहसंस्कार गैरकिराती विधिमा गरिएको भन्दै किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान (किक अभियान) ले आपत्ति जनाएको छ।

अभियानका संयोजक भद्रगोल किरातीद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार, आफूलाई ‘स्वर्गीक दूत’ सदगुरु ओमनन्द बताउने भक्तकुमार राई समूहका व्यक्तिहरूले किराती विधिमा दाहसंस्कार गर्ने भन्दै किरात राई यायोक्खाबाट पशुपति विकास कोषमा सिफारिस पत्रसमेत लगेका थिए।

तर, अन्त्यमा उनीहरूले गैरकिराती विधिमा दाहसंस्कार गरेका थिए।

विज्ञप्तिमा यस प्रकारका कार्यहरूले मौलिक किराती संस्कारमाथि अतिक्रमण हुने चेतावनी दिँदै सबैलाई यसबारे गम्भीर हुन आग्रह गरिएको छ।

साथै, भक्तकुमार राई र स्वर्गीक मार्ग संघलाई नेपाल सरकारले चाँडै कानुनी दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img