लिम्पियाधुरा–लिपुलेक सम्झौताप्रति जसपाको विरोध

भारत–चीनसँग कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

काठमाडौं– नेपाललाई बेवास्ता गर्दै लिम्पियाधुरा–लिपुलेक क्षेत्रबाट व्यापार र आवागमन खुला गर्ने भारत र चीनबीच भएको समझदारीप्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले शनिबार एक वक्तव्य जारी गर्दै ठोस प्रमाणसहित उक्त क्षेत्र नेपालको भूमि हो भन्ने कुरा कूटनीतिक पहल र वार्तामार्फत समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपालको भूमिबाट नेपाल सरकारसँग कुनै छलफल नगरी छिमेकी भारत र चीनले व्यापार गर्ने समझदारी गरेको विषयमा सबै दलले एकताबद्ध भएर आवाज उठाउनुपर्ने विभिन्न दलका नेताहरूले बताएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img