सत्तारुढ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले आफ्नाे पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिनुपर्ने बताएका छन्।

उनले अब देशमा राजनीतिक व्यवस्था रोज्ने कि व्यक्ति रोज्ने? भन्ने प्रश्न पनि उठेको बताएका छन्।

जेनजी आन्दोलनमा ठुलाे जनधनकाे क्षति भएकाे बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जिम्मेवारी लिनुपर्नेमा गैरजिम्मेवार बनेर आफ्नाे बचाउमा पाे लाग्न थालेकाे उनले उल्लेख गरेका छन्।

फेसबुक पेजमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्युले जिम्मेवारी लिनुको सट्टा आफ्नाे बचाउमा अभिव्यक्ति दिइरहेका परिप्रेक्ष्यमा हाम्रो पार्टीले आफ्नाे तर्फबाट सरकारमा सामेल मन्त्रीहरूलाई फिर्ता बोलाइ सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’

उनले व्यवस्था नै धरापमा परेको भन्दै हालसम्मको उपलब्धिहरूको रक्षा गर्न सबै राजनीतिक दल, नागरिक समाज र जेनजी पुस्ता उभिनुको विकल्प नरहेको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here