जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधानभित्रबाटै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
उत्पीडित समुदायको भावना र समस्यालाई सम्बोधन नगरेर प्रतिगमनतर्फ जाने हो भने त्यसले मुलुकमा प्रतिरोध र अस्थिरता निम्त्याउने उनको भनाइ छ।
‘मुलुकमा शान्ति, स्थिरता, सुशासन र समृद्धि ल्याउन संविधानभित्रबाटै अग्रगामी सुधार गर्दै समाधान खोजिनुपर्छ,’ बिहीबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘श्रमजीवी र उत्पीडित समुदायका भावना र समस्यालाई सम्बोधन नगरेर प्रतिगमनतर्फ गए प्रतिरोध जन्मिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद।’

