संसद विघटन, फागुन २१ मा निर्वाचन घोषणा

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद विघटन गरेका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संसद विघटन गरेका हुन्।

संसद विघटनसँगै नयाँ निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ।

जेन–जीको माग अनुसार राष्ट्रपति पौडेलले शुक्रबार सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img