विदेशी शक्तिले यहीका असन्तुष्टिलाई बम बनाएर पड्काएः सुवेदी

जनता समाजवादी पार्टीका नेता दुर्गामणि सुवेदीले जेनजी आन्दोलनपछि पनि एमाले, कांग्रेसजस्ता पुराना पार्टी नसुध्रिने हो भने ती पार्टीहरू हराउने र नयाँ पार्टीहरूको उदय हुने बताएका छन्।

साल्पा अनलाइनसँगको अन्तर्वार्तामा उनले भने, ‘अब नसुध्रिने हो भने उपाय छैन भनेर जेनजी आन्दोलनले स्थापित गरिसकेको छ। अझै पनि सुध्रिएन भने उनीहरूलाई चुनावले बढार्छ, नयाँ पार्टीहरू आउँछन्।’

समाजवादी खस संघका अध्यक्ष समेत रहेका उनले सत्तारूढ दलहरूको गलत शैली र विदेशी शक्तिहरूको चलखेलको परिणामस्वरूप जेनजी आन्दोलन भएको टिप्पणी गरे।

जेनजी आन्दोलनका मुद्दा सही भए पनि आगामी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान जेनजीका प्रतिनिधिहरूले सुरुमै अडान राख्न चुकेको उनले बताए।

उनले अब सबै राजनीतिक दल र जनताले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान तयार हुनुपर्ने बताए।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img