पत्रकार लामालाई पितृशोक

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्व अध्यक्ष मोहनसिंह लामालाई पितृशोक परेको छ।

लामाका पिता निमा दोर्जे ङ्याङ्जोको ९० वर्षको उमेरमा असोज १५ गते निधन भएको हो।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–२ काम्चेत निवासी दिवंगत ङ्याङ्जो झ्याङछ्युब छ्योइलिङ गुम्बा समितिका संस्थापक सदस्य पनि हुन्।

हाल, उनको पार्थिव शरीर नयाँबस्ती, बौद्धस्थित ओलाङचुङगोला गुम्बामा राखिएको छ।

उनको दाहसंस्कार शनिबार बौद्ध परम्परा अनुसार जम्बु डाँडामा गरिनेछ।

लामा अमेरिकाबाट प्रकाशित एनवाइसीनेपालन्युज डटकमका प्रधान सम्पादक पनि हुन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img