हिमाली र मधेसी युवालाई नागरिकता माग्ने प्रवृत्ति दोहोरिनु दुखद्- रक्षा बम

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले जेनजी विद्रोह नेपालमा शताब्दीयौंदेखि चलिआएको सबै किसिमको विभेद र संरचनागत अन्यायको विद्रोह रहेको बताएकी छन्।

तर, हिमाली र मधेसी मुलका युवाहरूलाई जोडेर बारम्बार राष्ट्रियतामाथिको प्रश्न उठाउनु दुखद् रहेको उनको भनाइ छ।

फेसबुकमार्फत उनले विद्रोहबाट उदाएका युवाहरूलाई जात, धर्म, भूगोल, लिङ्ग र समुदायका आधारमा थप सीमान्तकरण र विभेदको सिकार बनाइएको पनि बताएकी छन्।

उनले लेखेकी छन्, ‘विशेषतः हिमाली र मधेसी साथीहरूलाई पटक पटक नागरिकता माग्ने र राष्ट्रियतामाथि प्रश्न उठाउने प्रवृत्ति बारम्बार दोहोरिनु दुखद् हो, र हामी यसको घोर भत्र्सना गर्दछौं।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img