न्युयोर्कमा नेपाली चलचित्र ‘मोहर’ को भव्य प्रदर्शन हुने

प्रवासमा रहेका नेपालीहरूबीच कला, संस्कृति र भाषाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली कथानक चलचित्र ‘मोहर’ आगामी अक्टोबर २५ (शुक्रबार) का दिन न्युयोर्कको वुडसाइडस्थित गुल्शन टेरेसमा भव्य रूपमा प्रदर्शन हुने भएको छ।

चाँदनी क्रियशनको प्रस्तुतिमा र फिल्म मेकर्सको ब्यानरमा निर्मित यो चलचित्र सामाजिक कुप्रथामाथि आधारित सन्देशमूलक कथा बोकेको छ। चलचित्रको प्रदर्शनबारे जानकारी हिजो न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रमका एक स्टेकहोल्डर यम मोक्तानका अनुसार, ‘मोहर’ केवल सन्देशमूलक चलचित्र मात्र नभई, हास्य, शृङ्गार, करुण तथा द्वन्द्व रसको समिश्रण भएको मनोरञ्जनपूर्ण फिल्म हो।

उनका अनुसार, पल शाहसहितका चर्चित कलाकारहरूले गरेको जिवन्त अभिनयले दर्शकलाई अत्यधिक प्रभावित गर्ने विश्वास गरिएको छ।

फिल्मले नेपालमा ५१औं दिन मनाइसकेको छ भने अमेरिकामा पनि टेक्सासको अस्टिनमा हाउसफुल प्रदर्शन भइसकेको छ।

यस्तै, न्यु ह्याम्पसायरमा प्रदर्शन भइसकेको र अमेरिकाका अन्य विभिन्न सहर तथा क्यानडामा समेत प्रदर्शनको तयारी भइरहेको जानकारी दिइएको छ।

इभेन्ट प्रमुख चाँदनी लामाले न्युयोर्कस्थित व्यवसायीहरूलाई चलचित्रको प्रायोजन तथा विज्ञापनमार्फत आफ्ना व्यवसायको प्रचार–प्रसार गरी गुणात्मक विकास गर्न आग्रह गरेकी छन्।

त्यसैगरी, अर्का स्टेकहोल्डर टेक गुरुङले चलचित्र प्रदर्शनबाट प्राप्त लाभांश नेपालका असहाय, अशक्त तथा अपाङ्गता भएका बालबालिकालाई सहयोगस्वरूप प्रदान गर्ने योजना रहेको बताए।

फिल्मको प्रचार–प्रसारका लागि आयोजित पत्रकार सम्मेलनमा खसोखासका प्रधान सम्पादक किशोर पन्थी, सम्पादक दिपक परियार, हेल्लो अमेरिकाका सम्पादक सम्राट कार्की, इनेप्लिजका रिपोर्टर केशबराम राईलगायतका पत्रकारहरूको उपस्थितिका लागि अर्का स्टेकहोल्डर कृष्ण पौडेलले धन्यवाद ज्ञापन गरे।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img