नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङ । तस्बिरः विजय चाम्लिङ

ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वसँग जोडिएको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले मंगलबार निर्वाचन आयोगमा पार्टीको विधान तथा ५१ सदस्यीय केन्द्रीय समितिको नामावली बुझाएको छ।

पार्टीमा प्रा. डा. महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम, सागर ढकाल र जेनजी आन्दोलनपछि मन्त्री बन्ने सम्भावित सूचीमा परेकी टासी ल्हान्जोम सम्मको नाम समावेश छ।

अध्यक्ष पदका लागि अनुपकुमार उपाध्यायलाई प्रस्ताव गरिएको छ भने बाँकी सबै सदस्यका रूपमा रहेका छन्।

पार्टीमा पहिचानसहितको संघीयता पक्षधरदेखि पहिचानको विषयमा कहिल्यै नबोलेका व्यक्तिहरू समेत समेटिएका छन्।

तर, ऊर्जामन्त्री कुलमान घिसिङको नाम भने सूचीमा उल्लेख गरिएको छैन।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here