पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचाहनलाई स्थापित गरेको बताएका छन्।
काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
श्रेष्ठले नेपाली सनातन संस्कृति र साहित्यले सामाजिक सम्वन्धलाई बलियो बनाउने बताए।
प्राध्यापक अभी सुवेदीले काठमाडौं उपत्यकाकै पुरानो बस्ती हाँडीगाउँ अनुसन्धान र साहित्यका लागि महत्वपूर्ण रहेको उल्लेख गरे।
काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा विशेष ध्यान दिएको बताए।
त्यस अवसरमा इतिहास र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्राध्यापक डाक्टर प्रयाग राज शर्मालाई सम्मान गर्नुका साथै २०१९ सालमा विशाल पुस्तकालय स्थापना गर्ने भरतमणि आचार्य दिक्षितलाई मरणेपरान्त सम्मान गरिएको थियो ।
