उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपालबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचन लड्ने सहमति भएको छ।

उज्यालो नेपाल पार्टीका खगेन्द्र माखिमका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा तीन दलले एउटै चुनाव चिन्ह लिएर मुकाबिला गर्ने सहमति पुगेको छ।

मंगलबार उज्यालो नेपाल पार्टीमा रहेको भनिएका ऊर्जामन्त्री कुलमान घिसिङ, हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका धर्म चौधरी, टीकापुरका मेयर रामलाल चौधरी लगायतका नेताहरू बसेर उक्त सहमति गरेका हुन्।

तीन पार्टीबीच चाँडै एकता पनि घोषणा गरिनेछ। त्यसका लागि अहिले गृहकार्य भइरहेकाे छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here