धनुषामा मस्जिद तोडफोडप्रति जसपा अध्यक्ष राईको आपत्ति

छानबिन र कडा कारबाहीको माग

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले शनिबार धनुषामा अज्ञात समूहले मुस्लिम बस्तीको मस्जिद तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धनुषा जिल्लाको कमला नगरपालिका–६ सखुवामरान टोलमा रहेको मुस्लिमहरूको मस्जिद तोडफोड भएको घटनाको घोर निन्दा गर्दै बहुजातीय, बहुसांस्कृतिक समाजमा धार्मिक द्वेष र साम्प्रदायिक तनाव सिर्जना गर्ने यस्ता कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न माग गरेका हुन्।

उनले समस्याको समाधानका लागि घटना क्षेत्रका जनतालाई शान्ति, सद्भाव र संयमता अपनाउन अपिल पनि गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img