भोजपुरमा जसपाबाट गोपाल कुमार राई प्रत्यक्ष उम्मेदवार

पहिचान आन्दोलनको नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टीले भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोपाल कुमार राईलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको साझा चुनाव चिन्ह जाँतो लिएर पुराना नेता गोपाल कुमार राईले मंगलबार भोजपुरबाट उम्मेदवारी दर्ता गराएका छन्।

भोजपुरको टेम्केमैयुङ–५, खावा घर भएका उनी २०४६ सालको जनआन्दोलनसँगै नेपाली कांग्रेसबाट राजनीतिमा होमिएका थिए।

पछिल्लो समय नेपालमा पहिचानको आन्दोलन उत्कर्षमा पुगेका बेला अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी गठन भएपछि उनी सोही पार्टीमा आबद्ध भएका थिए।

जसपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्जसमेत रहेका उनी भोजपुरमै बस्दै आएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img