फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइँदै

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोग प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया तीव्र बनाउने प्रतिबद्धता शनिबार दोहोर्‍याएका छन्।

उनले भने, “मैले सरकारलाई द्रुत प्रक्रिया सक्रिय गर्न निर्देशन दिएको छु ताकि यो सकेसम्म चाँडो पारित गर्न सकियोस्।”

म्याक्रोँले उक्त प्रतिबन्ध आगामी शैक्षिक सत्र (सेप्टेम्बरको सुरुदेखि) लागू गर्ने लक्ष्य रहेको बताए। हाल फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धका लागि प्रस्तावित विधेयकमाथि छलफल गरिरहेका छन्।

इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय तथा लत लाग्ने प्लेटफर्ममा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गत महिना यस्तो कदम चाल्ने पहिलो देश बनेको थियो।

साल्पा अनलाइनका रिल्स हेर्नुहाेस्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img