वरिष्ठ कलाकार सुनिल थापाको आज बिहान उपचारका क्रममा निधन भएको छ।

आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो।

हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो।

उपचारकै क्रममा उनको निधन भएको थापा निकट रहेका कलाकार वील्सन विक्रम राईले जानकारी दिए।