‘पत्रकारिता सिध्याइदिन्छु’ भन्ने हर्क साम्पाङलाई कारबाहीकाे माग

सुनसरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘पत्रकारिता नै सिध्याइदिन्छु’ भन्दै धम्की दिएको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ।

महासंघका अनुसार धरानमा कार्यालय रहेको कपुरी न्युज डटकमलाई लक्षित गर्दै साम्पाङले उक्त अभिव्यक्ति दिएका हुन्।

महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवारसमेत रहेका साम्पाङको भनाइ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोट्ने खालको रहेको भन्दै घोर भर्त्सना गरेका छन्।

विज्ञप्तिमा साम्पाङकै कारण धरानमा खोज पत्रकारिता गर्दै आएका पत्रकार गोपाल दाहाल विस्थापित भएको उल्लेख गरिएको छ।

महासंघले अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै साम्पाङलाई कारबाही गर्न निर्वाचन आयोग र स्थानीय प्रशासनसँग माग गरेको छ।

साल्पा अनलाइनका रिल्स हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img