इन्धन जोगाउन यस्ता छन् एशियाली देशहरूका उपाय

इरानसँग अमेरिका र इजरेलको युद्ध सुरु भएसँगै एशियाली देशहरूमा इन्धन अभावको गम्भीर असर देखिन थालेको छ। विशेषगरी खाडी क्षेत्रको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ अवरुद्ध हुँदा पेट्रोलियम आपूर्ति ठप्प प्रायः भएको छ।

किन चर्कियो सङ्कट?

‘स्ट्रेट अफ होर्मुज’ खाडी क्षेत्रबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रयोग गरिने सबैभन्दा प्रचलित जलमार्ग हो। इरानले उक्त जलमार्ग प्रयोग गर्ने तेलवाहक ट्याङ्कर र पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको छ।

उक्त साँघुरो मार्ग हुँदै करोडौँ ब्यारल तेल एशियाका देशहरूमा जाने गर्थ्यो। गत वर्ष ‘स्ट्रेट अफ होर्मुज’ बाट ओसारिएको झन्डै ९० प्रतिशत तेल र ग्यासको गन्तव्य एशिया थियो।

सङ्कट टार्न विभिन्न देशका उपायहरू

आपूर्तिमा अवरोध आएपछि एशियाली देशहरूले इन्धन बचतका लागि विभिन्न कदमहरू चालेका छन्।

थाइल्याण्डमा एयर कन्डिसनिङको प्रयोग घटाउन सुटको सट्टा छोटा बाहुला भएका टिसर्ट लगाउन आह्वान गरिएकाे छ।

म्यानमारमा सवारी साधनको लाइसेन्स प्लेटको अंकका आधारमा जोर-विजोर प्रणाली लागू गरिएकाे छ।

बङ्गलादेशमा विश्वविद्यालयहरूमा बिदा दिइएकाे छ भने देशभर निश्चित समय विद्युत् कटौती (लोडसेडिङ) गरिएकाे छ।

फिलिपिन्समा कर्मचारीलाई साताको एक दिन घरबाटै काम गर्न तथा अनावश्यक यात्रामा रोक लगाइएकाे छ।

भियतनाममा साइकल चलाउन, कारपूल गर्न र सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन गरिएकाे छ।

श्रीलङ्कामा शैक्षिक संस्थामा साताकाे ३ दिन बिदा दिइएकाे छ भने काेटा प्रणालीमा तेल किन्न पाउने व्यवस्था गरिएकाे छ।

मुख्य चुनौती

यो युद्ध लम्बिएमा एशियाली अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने र महँगी अझै चुलिने देखिन्छ। विशेषगरी अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा ऊर्जा खपत कटौती गर्ने रणनीति सबैजसो देशले अपनाएका छन्।

साल्पा अनलाइनका रिल्स हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img