मन्त्री अर्यालको गृहजिल्लामा अक्सिजन प्लान्ट बनाउन डेढ कराेड विनियाेजन

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको गृहजिल्ला स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ति अर्थ मन्त्रालयबाट डेढ करोड रूपैयाँ विनियोजन गरिएकाे छ ।

कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जामा पनि कोभिडकाे अत्यधिक मार परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेटको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन् ।

सोही अनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम रूपैयाँ विनियोजन गरेको हो ।

कोरोनाको महामारीले सबैतिर प्रभावित गरिरहेको सन्दर्भमा गृहजिल्ला स्याङ्जाका जनताको जीवन सुरक्षाका निम्ति अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको मन्त्री अर्यालले बताइन् ।

‘जनस्वास्थ्यको सुरक्षा, आजको अपरिहार्यता ! कोभिड-१९ को दोस्रो लहरले जनताको जीवनमाथि नै चुनौती सिर्जना गरेको बेला प्राणवायु अक्सिजन अहिलेको आधारभूत आवश्यकता बनेको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस कुरालाई मध्यनजर गरी अब जुनसुकै बेला स्याङ्जामा पर्याप्त अक्सिजनको सुनिश्चितताका लागि अक्सिजन प्लान्ट निर्माण गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम विनियोजन भइसकेको जानकारी गराउँदछु ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img