कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक

सरकारले कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएकाे छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएकाे छ ।

यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई मात्र पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको थियाे । सरकारले कक्षा ११ र १२ लाई पनि विद्यालय तहका रूपमा अङ्गिकार गरेकाे छ ।

सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घाेषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले त्यसकाे तयारी सुरु गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउन कुनै समस्या नपर्ने केन्द्रले जनाएकाे छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको बताए ।

जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।

कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ ।

सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्‍याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्