Tuesday, March 28, 2023

कोरोनाको तेस्रो र चौथो लहर पनि आउन सक्ने

बालबालिका बढी संक्रमित हुने

सरकारले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर पनि आउन सक्ने जनाएको छ ।

हाल दोस्रो लहरको कोरोना महामारीले मुलुक अस्तव्यस्त भइरहेको बेला तेस्रो र चौथो लहर पनि आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।

तेस्रो र चौथो लहरको कोरोना महामारीले बालबालिका बढी संक्रमित हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दोस्रो लहरको कोरोना महामारीले प्रौढ र युवा बढी संक्रमित भइरहेका छन् ।

मन्त्रालयले तेस्रो र चौथो लहरको कोरोना आउन सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वीकृत शय्याकाे कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार दोस्रो लहर जस्तै तेस्रो र चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकोले सबै अस्पताललाई शय्‌या छुट्याउन परिपत्र गरिएको छ ।

मन्त्रालयद्वारा हिजो जारी गरिएको विज्ञप्तिमा भनिएको छ‚ ‘दोस्रो लहरजस्तै तेस्रो‚ चौथो आउन सक्ने र बालबालिका बढी संक्रमित हुन सक्ने अवस्था मध्यनजर गर्दै स्वीकृत शय्याकाे कम्तीमा २० प्रतिशत कोभिड संक्रमित बालबालिका उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नू ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्