भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ ।

सोमबार राति बंगाल राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार तीव्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएका छन्र ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

Please enter your comment!
Please enter your name here