मोहन राईको निधनले सिंगो राष्ट्रकै लागि अपुरणीय क्षतिः जनजाति महासंघ

नेपाल आदिवासी जनजाति महासंघले युवा नेता मोहनप्रसाद राईको निधनले नेपालका आदिवासी समुदायका लागि मात्र नभएर सिंगो राष्ट्रकै लागि अपुरणीय क्षति भएको जनाएको छ ।

महासंघका कार्यवाहक महासचिव सुखवीर थामीले आइतबार एक शोक वक्तव्य जारी गरी महासंघको नेवा–ताम्सालिङ प्रदेश समन्वय परिषदका संस्थापक मुख्यसचिव तथा किरात राई युवा संघका पूर्व अध्यक्षसमेत रहेका राईको निधनले राष्ट्रका लागि समेत अपुरणीय क्षति भएको जनाएका हुन् ।

करिब डेंढ महिनाअघि कोरोना संक्रमण पुष्टि भएको उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचारकै क्रममा हिजो ४० वर्षको उमेरमा निधन भएको थियो ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका उनी आदिवासीहरुको सामाजिक न्याय, समानता र पहिचानको आन्दोलनमा  सक्रिय रहँदै आएका थिए ।

खोटाङको बराहपोखरी गाउँपालिका घर भएका उनको श्रीमती र एक छोरा छन् । उनको हिजै नेपाली सेनाले अन्तिम संस्कार गरेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्