सानाे जातकाे भन्दै काेठा भाडामा नदिने घरबेटीविरुद्ध सुनारले दिइन् जाहेरी

सानाे जात भएकै कारण आफूलाई काेठा भाडामा नदिएपछि सञ्चारकर्मीसमेत रहेकी रूपा सुनारले काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गरेकी छन् ।

गत मंगलबार सुनार साथीसँग कोठा खोज्न प्रधानकाे घरमा पुगेकी थिइन् ।

प्रधानको घरमा कोठा खाली थियो । कुराकानीपछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘कामीकी छोरी’ भनेकी थिइन् ।

जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताएकी थिइन् ।

प्रधानले साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्ने बताएकी थिइन् ।

प्रधानले घरमा कोठा खाली भएका कारण रुपाकी साथीलाई कोठा बस्ने मान्छे ल्याउन आग्रह गरेकी थिइन् ।

घटना लगत्तै सुनारले मंगलबार साँझ नै आफूमाथि भएको जातीय विभेदको बारेमा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् ।

साेपछि सुनारले सामाजिक सञ्जालबाटै घरबेटीविरुद्ध कानुनी कारवाहीमा जानुपर्ने प्रतिक्रिया पाएकी थिइन् ।

हाल उनले कानुनविद् र साथीभाइकाे सल्लाहअनुसार प्रधानविरुद्ध छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्