फाल्गुनन्द गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजी भाषा हुने

पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई गाउँपालिकाको कामकाजी भाषा बनाउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लिम्बू भाषालाई सरकारी कामकाजी भाषा बनाउने घोषणा गरेको हो ।

नेपालको १६औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको कर्मक्षेत्र तथा समाधिस्थल फाल्गुनन्द गाउँपालिकामै रहेको र गाउँपालिकाको उक्त ऐतिहासिकतालाई सम्मान गर्दै आर्थिक वर्ष २०७८/७९ देखि लिम्बू भाषालाई पनि गाउँपालिकाको काममाजी भाषाको रुपमा मान्यता दिने उल्लेख गरिएको छ ।

गाउँपालिकाले अन्य भाषाहरुलाई पनि आगामी वर्षहरुमा कामकाजी भाषाको मान्यता दिने नीति लिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्