फोनमा हेल्लो भन्ने शब्दको सुरुवात कसरी भयो ?

हामीले सानैबाट फिल्म, टेलिभिजन सुन्दै वा पछिल्ला केही दशकयता आफैले टेलिफोन उठाउने बित्तिकै प्रयोग गर्दै आएको शब्द हो, ‘हेल्लो’ ।

तर तपाईले कहिल्यै सोच्नुभएको छ फोनमा सबैभन्दा पहिले किन ‘हेल्लो’ भनिन्छ ? आजको आधुनिक युगमा हरेक मानिसको हातमा मोवाइल फोन छ । मोबाइल हाम्रो दैनिक जीवनमा अपरिहार्य बनिसकेको छ । यस्तोमा चाहे मोवाइलमा होस् चाहे ल्याण्डलाइन फोनमा सबैले फोन उठाउने बित्तिकै पहिलो बोल्ने शब्द हो, ‘हेल्लो’ । तर यो शब्द कसरी सुरु भयो त ?

अलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार गरेका थिए । यसका लागि उनले कडा मेहनत गरेका थिए । टेलिफोनको आविष्कारपछि ग्राहमले सबैभन्दा पहिले साथी वाटसनसँग कुरा गरे । जसमा उनले भनेका थिए, श्रीमान् वाटसन यहाँ आउनुहोस्, मलाई तपाईको आवश्यकता छ ।

त्यस क्रममा टेलिफोनमा हेल्लो शब्द प्रयोग गरिँदैन थियो । टेलिफोनको आविष्कारपछि क्रमशः यसको प्रयोग सुरु भयो ।

त्यसक्रममा मानिसहरु आर यू दियर ? भनेर कुराकानी सुरु गर्दथे । त्यस क्रममा थोमस एडिसनले एहोइ शब्द सुने । त्यसपछि उनले सन् १८७७ मा एहोइको सट्टा हेल्लो भन्न थाल्ने प्रस्ताव गरे । पिट्सबर्गको सेन्ट्रल डिस्ट्रिक्ट एण्ड प्रिण्टिग टेलिग्राफ कम्पनीबाट उक्त प्रस्ताव पास भएपछि हेल्लो शब्द चलनचल्तीमा आयो ।

यस अलावा हेल्लो भनेर टेलिफोनमा बोल्न सुरुवात गर्नुमा अर्को कथन पनि चर्चामा छ । खासमा ग्राहम बेलकी प्रेमिकाको नाम समेत हेलो थियो । त्यसक्रममा उनी प्रेमिकालाई फोन गर्दा हेल्लो भन्ने गर्दथे । यसरी पूरै विश्वभर फोनको सुरुवातमा हेल्लो शब्द प्रचलनमा आयो । यसमा थोमस एडिसनको देन छ । हेल्लो पुरानो जर्मन शब्द हालाबाट बनेको थियो । एजेन्सीकाे सहयाेगमा

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्