खाेटाङमा आफ्नै बुबाकाे हत्याकाे अभियाेगमा एकजना पक्राउ

खाेटाङमा धारिलाे हतियार प्रहार गरी आफ्नै बुबाकाे हत्या गरेकाे अभियाेगमा एकजना पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका ३७ वर्षीय सुवर्ण राई आफ्नै बुबाकाे हत्याकाे अभियाेगमा प्रक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनले आइतबार बिहान करिब ४ बजे आफ्नाे ७५ वर्षीय बुबा चन्द्रबहादुर राईलाई धारिलाे हतियार प्रहार गरी हत्या गरेका थिए ।

चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको थियाे ।

प्रहरीले सुवर्णलाई साेल्माकाे अल्छेढुंगाबाट पक्राउ गरी अनुसन्धान अघि बढाएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्