भोलिदेखि उपत्यकामा जोरबिजोरमा सार्वजनिक बस चल्ने

काठमाडाैं उपत्यकामा भाेलि असार १५ गतेदेखि सार्वजनिक सवारी साधन चल्ने भएकाे छ । सरकारले जाेरबिजाेर प्रणालीका आधारमा सार्वजनिक बस तथा सवारी साधन चलाउने निर्णय गरेकाे छ ।

आज बसेकाे काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुकाे बैठकले यस्तो निर्णय गरेको हो ।

अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय बैठकले गरेको हो । उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन् ।

यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखेका थिए ।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक, सहचालक र यात्रुहरुले अनिवार्य स्वास्थ्यमापदण्ड पालना गर्नुपर्ने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्