पत्रकार राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघको माग

नेपाल पत्रकार महासंघले फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेको छ ।

महासंघका महासचिव रोसन पुरीले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकार राईमाथि आक्रमण गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेका हुन् ।

नेपाल लाइभ डटकममा कार्यरत पत्रकार राईमाथि हिजो काठमाडौंमा पाँच दलनिकट विद्यार्थी संगठनहरुले मसाल जुलुस निकाल्दा सोको तस्बिर खिचेको अभियोगमा प्रहरीले लाठी चार्ज गरेको थियो ।

जसबाट उनको घुँडामा चोट लागेको थियो ।

‘समाचार संकलनका क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजंग राईमाथि प्रहरीले लाठी प्रहार गरेर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र रुपमा पेसागत कर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत आपत्तिजक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ घटनामा संलग्न प्रहरीमाथि छानविन गरी कारवाही गर्न र यस्ता घटना नदोहोरिनेतर्पm ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img