दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पत्रकारहरुलाई दिन थाल्यो मासिक प्रोत्साहन भत्ता

खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लाका पत्रकारहरुलाई खुसी बनाउने गरी मासिक २ हजार रुपैयाँ प्रोत्साहन भत्ता बाँड्न थालेको छ ।

गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारहरुलाई प्रोत्साहन भत्ता वितरण गर्ने कार्यक्रमअनुरुप आइतबार खोटाङका अग्रज पत्रकार कृष्ण आचार्यलाई एक वर्षकाे एकमुष्ट २४ हजार रुपैयाँ प्रदान गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पत्रकारहरुलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम समावेश गरेको थियो ।

गाउँपालिकाले आर्थिक वर्ष सकिन लागेको बेलामा खोटाङखबरका प्रधान सम्पादक रहेका आचार्यलाई प्रोत्साहन भत्ता प्रदान गर्दै उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले पत्रकार आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित २४ हजार रुपैयाँको चेक प्रदान गरेका छन् ।

गाउँपालिका अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

कोरोना संक्रमित बिरामीहरुलाई आफैले पिपिई लगाएर पछाडि बोकेर गाडीभित्र राख्ने र स्वास्थ्यकेन्द्र पुर्याउँदै गरेका तस्बिरहरु गाउँपालिकाले फेसबुकमा राखेपछि अन्य ठाउँका जनताबाट वाहवाही पाएका अध्यक्ष राईले पत्रकारहरुलाई खुसी बनाउने नीति ल्याएका हुन् ।

तर यस नीतिले पत्रकारहरुलाई खुसी बनाएर गाउँपालिकासम्बन्धी ‘गुड न्यूज’ मात्र लेखाउने प्रयास गरिएको हो कि भन्ने कोणबाट समेत चर्चा गर्न आवश्यक छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img