आदिवासीहरु जुट्नुपर्ने बेला राईहरु भाषाकै कारण फुट्नुको औचित्य छैन

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले आदिवासी जनजातिहरु जुट्नुपर्ने समय आएको बेला राईहरु भाषाकै आधारमा फुट्नुपर्ने कुनै औचित्य नभएको बताएका छन् ।

प्रतिष्ठानद्वारा आज काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा कार्यालय परिसरमा आयोजित ‘किराती भाषाहरुको साझा वर्णमाला निर्माण तथा लिपि सम्बन्धी कार्याशाला गोष्ठि’मा उपाध्यक्ष घर्तीले सबै किरातीहरु जुटेरै अघि बढ्नुपर्ने बताए ।

राईभित्रका कुलुङ, खालिङ, नाछिरिङ लगायत भाषिक समुदायका केही व्यक्तिहरुले सूचिकरण गरी थुलुङ, खालिङ लगायतलाई अलग जाति बनाउन वकालत गरिरहेको विषय निकाल्दै उपाध्यक्ष घर्तीले भने, ‘अहिलेको अवस्थामा आदिवासी जनजातिहरु जुट्नुपर्ने बेला राईहरुचाहिँ भाषाका कारणले फुट्नुपर्ने, म यो सबै हिसाबले औचित्य देख्दिनँ ।’

उनले राईहरुबीच भाषामा अन्तर भए पनि मूल संस्कृति एउटै भएकोले एउटै जातिको रुपमा रहेर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘राईहरुको सन्दर्भमा म के देख्छु भने तपाईंहरुको मूल देउतामा समानता छ । त्यसले गर्दा राईहरु भाषाका कारणले गर्दा फुट्नुपर्ने आवश्यकता ठान्दिनँ ।’

उनले कुलुङ, खालिङ, नाछिरिङ, चाम्लिङ आदि भाषिक समुदाय छुट्टिदै जाने हो भने भोलि राईहरु लोपोन्मूख जातिको सूचीमा पुग्ने बताए ।

उनले अहिले दलितहरुलाई पनि खस आर्यभित्रै राखेर खस आर्यहरुले आपूmहरुलाई नेपालको सबभन्दा ठूलो जातिको रुपमा उभ्याउने प्रयास गरिरहेको समेत बताए ।

उनले नेपालमा आदिवासी जनजातिहरु वास्तवमा ५० प्रतिशत रहेको जिकिर गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्