ज्यान मार्ने धम्की दिएर विवाहित महिलामाथि बलात्कार

राैतहटस्थित देबाही गोनाही नगरपालिका गत बिहीबार राती एक दलित विवाहित महिला बलात्कृत भएकी छन् ।

घरमा कोही नभएको मौका छोपी देबाही गोनाही नगरपालिका–१ का ४० बर्षीय राकेश राउत कुर्मीले बिहीबार राती एक दलित विवाहित महिला बलात्कार गरेर फरार भएका छन् ।

उनको खोजी भैरहेको ईलाका प्रहरी प्रहरी कार्यालय देबाही गोनाहीले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपी कुर्मीले ज्यान लिनेसम्मको धम्की दिएर बलात्कार गरेको आरोप रहेको छ ।

ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले बलात्कार गरी फरार रहेका पीडकको खोजी भैरहेको बताए ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

एक साताअघि सोही नगरपालिकाको–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्