यायोक्खाकाे स्थापना दिवसमा विद्यावारिधि गरेका तीनजना राईलाई सम्मान

किरात राईहरुको सामाजिक संस्था ‘किरात राई यायोक्खा’को हिजो ३४औं स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसमा यायोक्खाले राई समुदायबाट विद्यावारिधि गरेका डा. पर्वतकुमार राई, डा. ईश्वरकुमार राई र डा. कमलकुमार राईलाई फेटा लगाएर सम्मानपत्रसहित सम्मान गरेको छ ।

यसैगरी आदिवासी जनजाति आयोगका सदस्य शरण राई, सगरमाथा (चोमोलुङ्मा) आरोही धनकुविर कुलुङ राई, पञ्चे खालिङ राई र देउराली चाम्लिङलाई पनि सम्मान गरिएको छ ।

यायोक्खाका अध्यक्ष दिवस राईको अध्यक्षता तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्ती प्रमुख अतिथि रहेकाे स्थापना दिवसमा यायोक्खाले निर्माण गरेको सुम्निमा भवनको औपचारिक उद्घाटन गरिएको छ ।

यायोक्खाका महासचिव जनक राईका अनुसार कार्यक्रममा यायोक्खाको विधान अनुसार सदस्यता लिनेहरुलाई यायोक्खाको विशिष्ट संरक्षक र संरक्षक सदस्यता प्रदान गरिएकाे छ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङका देवान राई, सोही नगरपालिकाको वडा नं ६ नेर्पाका तेजबहादुर राई र बाबुराम राई, भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिकाका शशिभुषण किरात, ललितपुरस्थित ललितपुर महानगरपालिका वडा नं १४ का रविचन्द्र राई र कविचन्द्र राईलाई विशिष्ट संरक्षक सदस्यता प्रदान गरिएको छ ।

यसैगरी वरिष्ठ गायक तथा संगीतकार सुर्य थुलुङ र उदयपुरस्थित रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँका लिलमराज राईलाई संरक्षक सदस्यता प्रदान गरिएको छ ।

स्थापना दिवसको अवसरमा किरात राई युवा संघका निवर्तमान अध्यक्ष दिवंगत मोहनप्रसाद राईको स्मृतिमा एक अक्षयकोष पनि घोषणा गरिएको छ ।

स्थापना दिवस काठमाडौंको कोटेश्वरस्थित यायोक्खाकाे कार्यालयमा मनाइएको हो ।

कोभिड- १९ काे महामारीलाई मध्येनजर गर्दै यायोक्खाकाे कार्यालय परिसरमै थाेरै व्यक्तिहरुलाई मात्र सहभागी गराएर स्थापना दिवस मनाइएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्