राष्ट्रिय आविष्कार केन्द्रलाई श्रेष्ठ परिवारले दियो गाडी

ललितपुरको हरिसिद्धि निवासी डा. सरिता श्रेष्ठ र इन्जिनियर महेन्द्रकुमार श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रलाई टाटा कम्पनीको एउटा पुरानो गाडी दिएका छन् ।

उनीहरुले बा ६ च ७५६८ नम्बरको ७५ हजार किलोमिटर गुडेको राम्रो कन्डिसनको गाडी केन्द्रलाई दिएका हुन् ।

केन्द्रका प्रमुख महावीर पुनले आफूलाई श्रेष्ठ परिवारले घरमै बोलाएर उक्त गाडी दिएको र चाडै नामसारी पनि गरिदिने बताएका छन् ।

केन्द्रले उक्त गाडीलाई सामान ओसार्ने काममा र काम विशेषले काठमाडौं उपत्यका बाहिर जानुपर्दा प्रयोग गर्ने पुनले बताए ।

आफूहरुले गाडी पाएकोमा खुसी व्यक्त गर्दै उनले अब केन्द्रले सामान ढुवानीमा गरिरहेको खर्च बचत हुने बताए ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्