यायाेक्खा बेलायतले विविध कार्यक्रम गरी मनायाे यलम्बर स्मृति दिवस

किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितिले ग्याम्बललेनस्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बर हाङको स्मृतिमा विविध कार्यक्रम गरी १२औं स्मृति दिवस मनाएकाे छ ।

८६ वर्षीय किरात राई पुर्खा लबजित राईको प्रमुख अतिथि रहेकाे उक्त कार्यक्रम किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष दिलकुमार राईको संयाेजनमा तथा किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता सम्पन्न गरिएकाे हाे ।

कार्यक्रममा किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पूर्बअध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई, पूर्बउपाध्यक्ष तथा विशिष्ट संरक्षक सद्स्य ओम राई, चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई, किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव विश्वासदीप तिगेला, किरात बाहिङ राई मुलुखिम बेलायतको अध्यक्ष राम राई, किरात साम्पाङ राई जुम्लेखा बेलायतका उपाध्यक्ष भबिन साम्पाङ राई, मोडल तथा फेसन डिजाइनर सिर्जना निङ्लेखु राई लगायतको उपस्थिति रहेको थियो ।

हरेक वर्ष अगस्ट ७ मा मनाउँदै आएको उक्त कार्यक्रममा किरात राई यायोक्खा बेलायतको बार्षिक मुखपत्र सुम्निमा पारुहाङ बिशेषाङ्ककाे लाेकार्पण गरिएकाे थियाे ।

उक्त मुख पत्रमा राईहरु बहुभाषिक भएकोले किरात राई यायोक्खलाई जीबित २८ भाषिक राईहरुको साझा थलो बनाउने अभियानस्वरुप हालै पारित संकल्प प्रस्ताबको रुपमा २८ भाषिक राईहरुको समानुपातिक र समाबेशी प्रतिनिधित्व हुने गरी संघीय ढाँचालाई प्रमुख रुपमा सम्प्रेषण गरिएको सुम्निमा पारुहाङ प्रकाशन समितिका संयाेजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष जीतेन साम्पाङ राईले बताए ।

राईहरु इन्द्रेणी समाज भएको बताउँदै किरात राई यायोक्खाका बेलायतका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईले यायोक्खाको पुरानो संरचना र ढाँचाले सबै राईहरुको सहभागिता र अस्तित्वलाई समेट्न नसक्ने बताए ।

उनले अब राईहरुको विविधतालाई स्विकार गर्न सक्ने गरी सबै राईहरुको सहअस्तित्व र समान सहभागिता रहने गरी महांसघीय ढाँचामा संघीय संरचना अनुरुप यायोक्खा अघि बढ्नुपर्नेमा जाेड दिए ।

किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले किरात राई यायोक्खा बेलायत अहिलेसम्मकै दुरदर्शी र प्रगतिशील यायोक्खा भएको बताउँदै किरात राई यायोक्खा बेलायतले पास गरेको संघात्मक ढाँचाले सबै किरात राईहरुलाई जोड्ने बताए ।

किरात राई यायोक्खाको मुलधारमा समाहित हुन नसकेर चित्त दुखाएर राईबाट अलग हुन खोजिरहेका र अलग जातिको रुपमा सुचिकृत हुन सुचिकरणको अभियानमा लागेका अल्पसङ्ख्यक भाषिक राईहरुलाई समेत यो संकल्प प्रस्ताबले जोड्न सक्ने उनले बताए ।

किरात राई यायोक्खा बेलायतका पूर्बअध्यक्ष पदम राईले प्रथम किरात राजा यलम्बरको स्मरण गर्दै राजा यलम्बरदेखि जिते दास्ती हुँदै योक्नेहाङसम्म ३२ पुस्ता शासन गरेको राईहरु कालान्तरमा हाम्रै एकता हुन नसक्दा वर्तमान समयसम्म आइपुग्दा सत्ताबिहीन हुन पुगेको बताए ।

उनले नेपालमा राष्ट्रिय जनगणना नजिकिदै गरेको सन्दर्भमा राई जाति भित्रकै थुप्रै भाषिक राईहरुले छुट्टै जातिको रुपमा सुचिकृत कोड प्राप्त गरेको जानकारी गराउँदै यो अभियानलाई रोक्न किरात राई यायोक्खा बेलायतले अवलम्बन गरेको संघीय ढाँचा कोशेढुंगा साबित हुने बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव विश्वासदीप तिगेला, किरात बाहिङ मुलुखिम बेलायतका अध्यक्ष राम राई, किरात राई यायोक्खा बेलायतका पूर्बउपाध्यक्ष ओम राई, चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा किरात राईहरुमा प्रचलित धनुषबाण (आर्चरी) प्रतियोगिता समेत गरिएकाे थियाे ।

४१ जना सहभागी उक्त आर्चरी प्रतियोगितामा सन्जोक राई, आलेस राई र रामप्रसाद राई क्रमशः पहिलाे, दाेस्राे र तेस्राे भए ।

प्रतियोगितामा सहभागी र बिजेता खेलाडीहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएकाे आर्चरी खेल प्रतियोगिताका संयाेजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष सुमनचन्द्र राईले बताए ।

उक्त कार्यक्रममा बाहिङ राईहरुको लोकप्रिय सिली सेग्रो सिली समेत प्रदर्शन गरिएको थियो । जसमा संस्थालाई विभिन्न विधामा सहयोग पुर्याउने पुर्खाहरुलाई किराती चलन अनुसार फेटा गुथाएर सम्मान गरिएको थियो । कार्यक्रममा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति ग्रेटर रस्मोरले किराती खानाकाे व्यवस्था गरेकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्