Wednesday, December 7, 2022
7.5 C
Diktel

टिकटक बनाउँदा सेती नदीमा खसेकी युवती बेपत्ता

तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए ।

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्