गाई काटेको अभियोगमा १० जना पक्राउ

मकवानपुरमा गाई काटेको अभियोगमा १० जना पक्राउ परेका छन् ।

गाई काटेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बकैया–११ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू सबै सोही गाउँपालिकाका रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा वडा नं ९ का ५० वर्षीया सन्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया, वर्ष १८ का सन्देश बि.क, ४० वर्षीय सोमबहादुर तमाङ, १९ वर्षीय सोमार ब्लोन, वडा ११ का ३९ वर्षीय जनकबहादुर लो, ४३ वर्षीय राजकुमार घलान, ४० वर्षीय रवीन्द्र लो, ३३ वर्षीय पम्पराज लो र वडा नं ४ का ४८ वर्षीय प्रल्हादभक्त न्यासुर रहेका प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img