Thursday, March 23, 2023

संस्कृतिविद् गडुलमान राईको निधन

किरात संस्कृतिविद् गडुलमान राईको निधन भएको छ ।

खोटाङस्थित साकेला गाउँपालिका–२ रतन्छा घर भएका उनी पछिल्लो समय क्यान्सरसँग लडिरहेका थिए । अस्पतालमा आईसियुमा राखेर उपचार गरिरहेका बेला आज बिहान उनको निधन भएको हो ।

हाल उनी परिवारको साथमा काठमाडौंमा बसोबास गरिरहेका थिए । उनले किरात राईहरुको भाषा, संस्कार, संस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै आएका थिए ।

उनले किरात संस्कृतिसम्बन्धी पुस्तक समेत लेखेका थिए ।

राईको निधनले समुदायमा ठुलो क्षति पुगेको किरात राई यायोक्खाका महासचिव जनक राईले बताए ।

‘गडुलमान दाइ, बाँचुन्जेल ज्ञान बाँड्ने र भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धनको काममा लाग्नुभयो । यो योगदानको लागि ठुलो उपहार भएर रहनेछ,’ महासचिव राईले भनेका छन्, ‘दिवंगत हुनुभएको खबरले अत्यन्तै पीडा महसुस भएको छ । समुदायले सांस्कृतिक अभिभावक गुमाएको छ । यस दुखद् घडीमा दाइको आत्मालाई शान्ति मिलोस्, कुलपितृमा बास होस् भन्दै भावपूर्ण श्रदाञ्जली प्रकट गर्दछु ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्