मनसुन बाहिरिन अझै सात दिन बाँकी

माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी औसतको प्रणाली बाहिरिन अझै सात दिन बाँकी रहेकाे छ ।

महाशाखाका अनुसार यस वर्ष औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको छ ।

यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ ।

यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाले जनाएकाे छ ।

मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभएकाले स्थानीय बायु सक्रिय हुँदा घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

भारतबाट मनसुनी चक्र बाहिरिए पछिमात्रै नेपालबाट पनि मनसुन बाहिरिने भएकाले मनसुनी प्रणाली बाहिरिन अझै केही दिन लाग्ने उनकाे भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्