Tuesday, September 26, 2023

‘जातीय विभेद अझै कायम छ, त्यसैले फेरि जातको प्रश्न सिजन–२ लिएर आउँदैछु’

अभिनेता राजेश हमाल टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न सिजन–२’ लिएर असोज १९ देखि कान्तिपुर टेलिभिजनमा आउने भएका छन् ।

जातको प्रश्न सिजन–२ को ‘प्रोमो’ सामाजिक सञ्जालमा सेयर गर्दै अभिनेता हमालले आफू असोज १९ गतेदेखि हरेक मंगलबार राती ९ बजे कान्तिपुर टेलिभिजनमा जातको प्रश्न लिएर आउने बताए ।

उनले भनेका छन्, ‘जातीय विभेदको कुरा उठ्यो भने विस्तारै हट्दैछ, विस्तारै हट्दै जान्छ भन्ने कुरा हुन्छ । तर विभेद र बहिष्करण आम नेपालीको दैनिक अनुभव हो । समस्या अझै कायम छ । त्यही भएर फेरि पनि जातको प्रश्न सिजन टु लिएर आउँदैछु ।’

जातको प्रश्न सिजन–२ मा अभिनेता हमालका साथमा अभिनेता दयाहाङ राई, गायक प्रकाश सपुत, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र सञ्चारकर्मी निश्मा ढुंगाना पनि सञ्चालकका रुपमा रहने छन् ।

समता फाउन्डेशनले निर्माण गरेको जातको प्रश्नको पहिलो सिजनमा अभिनेता हमाल एक्लैले कार्यक्रम सञ्चालन गरेका थिए ।

पहिलो सिजनमा एपिसोड १२ सम्म कार्यक्रम बनाइएको थियो । सो बखत अभिनेता हमाललाई हिन्दू अतिवादीहरुले क्रिश्चियनहरुको पैसा खाएर हिन्दुविरोधी अभियानमा लागेको आरोप लगाएका थिए ।

हिन्दु समाजमा विद्यमान जातीय विभेद र छुवाछुतको विरुद्धमा बहस गर्ने कार्यक्रममा अभिनेता हमाल सञ्चालक बनेपछि उनले हिन्दू अतिवादीहरुकाे आलोचना खेप्नु परेको थियो ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्