दलितहरुले पनि मन्दिरमा पुजा गर्न पाउनुपर्छ भन्दा भिमबहादुर विश्वकर्माकाे हत्या

मन्दिरमा आफूहरुले पनि पुजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा चितवनमा एक दलित व्यक्तिको हत्या गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–४ का ५८ बर्षीय भिमबहादुर विश्वकर्माकाे कुटपिट गरी हत्या गरिएको हो । स्थानीय युवा दिलिप श्रेष्ठ र सिताराम क्षेत्रीले कुट्दा उनकाे मृत्यु भएकाे हाे ।

विश्वकर्माले गत असोज २८ गते (दसैंको महानवमीको दिन) भरतपुर महानगरपालिका–४ स्थित दुर्गा मन्दिरमा गएर दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका थिए ।

सोही दिन त्यहाँ धार्मिक परम्परा अनुसार पुजा भइरहेकाे थियाे । त्यस मन्दिरमा दलितहरुलाई पुजा गर्न पहिलेदेखि नै प्रतिवन्ध थियो ।

यसपाली दलितहरुलाई उक्त मन्दिरमा पुजा गर्न दिनुपर्छ भनेर विश्वकर्माले आवाज उठाएका थिए ।

मृतक विककाे घरमा मानवअधिकारकर्मीहरु

सो क्रममा श्रेष्ठ र क्षेत्रीले ‘त कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इट्टा र पाइपले हानेर हत्या गरेको बताइएको छ ।

उनीहरुले टाउको गिद्दी नै बाहिर निस्कने गरी विभत्स हत्या गरेको स्थानीय अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।

यस घटना विरुद्ध मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यलय चितवनमा जाहेरी दिइसकेका छन् ।

उनले कर्तव्य ज्यान मुद्दा अन्तर्गत जाहेरी दिएका छन् । अब जातीय विभेद सम्बन्धी ऐनअनुसार पनि मुद्दा हाल्ने तयारी भइरहेको लछुराम विकले बताए ।

हाल श्रेष्ठ र क्षेत्रीलाई जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतमा राखिएको छ । हाल उनीहरु माथि सोधपुछ भइरहेको डीएसपी नरहरी अधिकारीले जानकारी दिए । खबरभित्ता डटकम

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्