बौद्ध धर्म मान्नेहरुलाई हिन्दु लेख्ने गणक पक्राउ

बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने एक गणक पक्राउ परेकी छन् । सोमबार गणक विना थापा पक्राउ परेकी हुन् ।

धर्मको महलमा स्थानीयले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दु लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्‍याएका थिए ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलबस गल्ती भएको बताएकी थिइन् भने अब गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्