२०२२ विन्टर ओलम्पिकको सफलताको शुभकामना : युवा तथा खेलकुद मन्त्री गहतराज

चीनको बेइजिङमा सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म हुने ‘२०२२ विन्टर ओलम्पिक’मा नेपालको सहभागिताबारे युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजसँग हाम्रा संवाददाता युवराज विकले गरेको कुराकानी ।

– २०२२ विन्टर ओलम्पिकमा नेपालको के कस्तो सहभागिता हुन्छ ?

मित्र राष्ट्र जनवादी गणतन्त्र चीनमा हुन गइरहेको २०२२ विन्टर ओलम्पिक नेपाल र नेपालीको लागि एक उच्च प्राथमिकता र उत्सुकताको विषय रहेको छ ।

आयोजकलाई मेरो र देश तथा पार्टीको तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछु ।
चीन नेपालको एक घनिष्ट मित्र र सधैं सहकार्यमा सहभागी हुने मुलुक हो । २०२२ विन्टर ओलम्पिकमा नेपालले आफ्नाे प्रशिक्षक, खेलाडी र रेफ्रीका साथै दर्शकदिर्घामा सहभागिता जनाउने छ ।

– त्यसका लागि नेपालको तयारी कस्तो छ ?

नेपालमा Indoor खेलकुदका लागि भौतिक संरचनाको कमी छ । तर पनि Outdoor मा राम्रो प्रदर्शन गरेको छ ।
हामीले मार्सल आर्ट (Marshal Art) आदिमा राम्रो प्रदर्शन गर्न सक्छौं ।

तर हाम्रो संख्या र सहभागिता कम हुन्छ । हुन त हाम्रो प्रदर्शन यी खेलहरुमा विगतमा पदक ल्याउन सफल खेलहरु हुन् ।

हिउँदमा खेलाडीलाई तयार गर्दा त्यस अनुरुपको स्केटिङ (Skating), आइस हकी (Ice Hockey) आदि हुन् । हाम्रो देशमा यी खेलहरुलाई भौतिक पूर्वाधारको कमी छ ।

तर खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रशिक्षक (Trainer) रुपमा चीन पठाउने तयारी हुँदैछ । चीन जस्तो विश्वको बढ्दो र उच्च आर्थिक उन्नति गरेको मुलुक हाम्रो छिमेकी हुँदा हामीलाई धेरै कुरामा फाइदा हुन्छ ।

– नेपाल र चीन बिचको सम्बन्धबारे प्रकाश पारिदिनुहोस् न ।

नेपालको इतिहासमा भौगोलिक र सामरिक दृष्टिकोणबाट हेर्दा चीन हिमालपारीको मुलुकको रुपमा नेपालको उत्तरतर्फ रहेको छ ।

धार्मिक रुपले पनि नेपाल र चीनको सम्बन्ध छ । हाम्रो इतिहासमा राजकुमारी भृकुटी र कलाकार अरनिको दुवै चीनसँगको सम्बन्ध बढाउन सफल कडी हुन् ।

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ । चीनले प्राप्त गरेको लक्ष्य नेपालको लागि उदाहरण पनि हो । चीन सरकारको सहयोगमा नेपालमा धेरै परियोजनाहरु सञ्चालन र सम्पन्न भएका छन् ।

साफ खेलकुदमा होस् या अन्य खेलकुद आयोजनामा पनि चीन सरकारको नेपाललाई ठूलो सहयोग भएको छ ।
हालको दशरथ रंगशाला र सातदोबाटोमा रहेको स्विमिङ पुल कम्प्लेक्स, एनफा कम्प्लेक्स चीनकै सहयोगमा निर्माण भएको हो ।

– ओलम्पिकमा अन्य देशले बहिष्कारको कुरा पनि गरिरहेका छन् नि ?

खेलकुद आफैमा भाइचारा र सद्भावको कुरा भएको हुँदा यसमा कुनै देशले बहिष्कार गर्नु भनेको राजनीतिक कुराले हो, जुन राम्रो होइन । किनकि युवा र खेलकुद भनेको हेल्थको रुपमा पनि महत्वपूर्ण छ ।

खेलाडीहरु देशका गहना हुन् । अहिलेको समयमा खेलाडीहरुलाई पुरै विश्वको गहनाको रुपमा लिइन्छ । तसर्थ, नेपाल ओलम्पिक बहिष्कार गर्ने कुराको विरोधमा छ । खेलमा सबैले सहभागिता जनाउनुपर्छ ।

– चीनको बिआरआई सम्बन्धमा तपाईको धारणा के छ ?

चीन अहिले विश्वको आर्थिक उदयमान र विश्व शक्तिको रुपमा रहेको छ । चीनले आफ्नाे लक्ष्य प्राप्तिका लागि सामरिक प्रतिरक्षाका लागि ल्याएको कार्यक्रमबाट  नेपालले पनि फाइला लिन सक्नुपर्छ ।

– नेपालमा रहेको तिब्बतीहरुको अवस्था र उनीहरुको विरोध के हो ?

नेपालमा वर्षौदेखि विभिन्न प्रयोजन र अवस्थामा नेपाल आई बसोबास गरिरहेका तिब्बतीहरुलाई नेपालको कानुन अनुसार निश्चित क्षेत्रमा बस्न र व्यवसाय गर्न दिएको छ ।

तर कुनै पनि विदेशी मुलुक विरुद्ध नेपालको भूमि प्रयोग गर्न नेपाल सरकारले बन्द गरेको छ र यो गैरकानुनी पनि हो ।
तसर्थ, खेलकुदमा यो कुराको चर्चा गर्नु र राजनीतिक कुरालाई प्रमुख रुपमा ल्याउनु आवश्यक छैन ।

– अन्तमा के भन्नुहुन्छ ?

मित्र राष्ट्र चीनमा हुन गइरहेको २०२२ विन्टर ओलम्पिकको पूर्ण सफलताको कामना गर्दछु ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्