बेइजिङमा हुन लागेको विन्टर ओलम्पिक र नेपालको सहभागिता

नेपाली खेलकुद इतिहासमा ओलम्पिकमा प्रथम पटक सहभागी भएको सन् १९६४ टोकियो जापानमा भएको ग्रिस्मकालीन ओलम्पिक हो । अन्तर्राष्ट्रिय खेल मैदानमा भाग लिएको त्यस भन्दा पहिला भारत र चीन दुई छिमेकी राष्ट्रहरुमा हुने अन्तरदेशीय र राज्य अन्तर्गतका थुप्रै खेलमा सफल सहभागी भएको इतिहास र तथ्यले जानकारी गराउँछ । घोडचडी र कुस्ती त्यती बेलाका प्रमुख खेल थियो । त्यसपछि फुटबल, हकी र क्रिकेट आदिले नेपालको खेल इतिहासमा अग्रणी भूमिका निभाएको थियो ।

नेपालका पहाडी क्षेत्रमा दौड, भलिबल र पर्यटकीय मनोरञ्जनको हिसाबले नेपालमा मात्र खेलिने हातीपोलो पनि एक हो । जुन खेल समय र विभिन्न परिस्थितिले गर्दा परिमार्जित हुँदै आएको छ । आधिकारिक र दक्षिण एसियामा भाइचारा सद्भाव प्रकट हुने तरिकाबाट साफ खेलकुदको स्थापना भएपछि मात्रै खेल जगतमा एउटा नयाँ तरंग आयो र समकक्षी देशको परिवेशमा खेलकुद एउटा आफ्नो देशको क्षमता र शक्ति प्रदर्शन गर्ने प्रतिष्ठाको विषय बन्याे ।

साफ खेलकुद बाहेक नेपालले हालसम्म पदक तालिकाहरु प्राप्त गर्न सकेको प्रायः नगन्य छ । विश्व खेल मैदानमा नेपाल १९६४ देखि नै सहभागी भएता पनि देशको प्रतिनिधित्व, पहिचान र गरिमा जोगाउने बाटोमा विरलै रुपमा देखिएको छ भन्दा अतियुक्ति नहोला । नेपालमा पञ्चायत कालमा हुने विभिन्न महत्वपूर्ण खेल विदेशी पाहुना आउँदा प्रदर्शन गरिने विभिन्न खेल प्रतियोगिताहरुमा मात्र सीमित रहेको थियो । वि.सं २००७ सालअघि राणा शासकहरुको दरबार र पारिवारिक भेला आदिमा सीमित रहँदै आएको नेपाली खेल विश्व परिवेशमा ओलम्पिकमा सहभागी र देशको प्रतिष्ठा आदि सम्मिलित खेल र खेलाडी आदि विश्व मानचित्रमा देखिन गयो । विदेशी विशेषगरि अंग्रेजको अगाडि पनि आफ्नो पहिचान आदिको कुरालाई अगाडि देखाउने मौका बुझियो । खेलमा सहभागी र विदेश यात्राले नेपालीमा एउटा ज्ञान, सिप, कला र विश्व भाइचाराको पनि अनुभव गराएको छ ।

नेपालले हालसम्म ओलम्पिक खेलहरुमा १२ पटक सहभागिता जनाएको छ र चार पटक हिउँदे ओलम्पिकमा सहभागी भएकाे छ । नेपालले सन् १९६४ मा टोकियो जापानदेखि लगातार १९६८, १९७६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६ र २०२० मा पुनः टोकियोमै सहभागी जनाएको थियो ।

ग्रिस्म ओलम्पिकमा जापानदेखि सुरु भएर जापानसम्मै हालसम्मको उपलब्धि हेर्दा प्रथम पटक खेलाडीको अवस्था र पछिल्लो पटक पौडीमा गौरिका सिंह, एलेग्जेन्डर साह, स्पिनर सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोको सोनिया भट्ट, जुलाई १४ को २०२१ को टोकियो ओलम्पिकमा सहभागी भएकाबाट देख्न सकिन्छ ।

ओलम्पिक इतिहासमा हालसम्मका प्रमुख पदक तालिकाहरु संयुक्त राज्य अमेरिका – १०६१ स्वर्ण पदक विजेता
सोभियत युनियन – ४४० स्वर्ण पदक विजेता जर्मनी – २८५ स्वर्ण पदक विजेता बेलायत – २८५ स्वर्ण पदक विजेता रहेका छन् ।

नेपालले हिउँदे ओलम्पिकमा हालसम्म चार पटक मात्र भाग लिएको छ । यसपटक सन् २०२२ मा चीनको वेइजिङमा सहभागी हुने जनाएको छ ।

नेपालले हालसम्म अन्तर्राष्ट्रिय स्वर्ण पदक गोपीचन्द्र पाकी, जसले १३औं दक्षिण एसिया खेलकुदमा स्वर्णपदक हासिल गरे । त्यो लगायत दक्षिण एसिया खेलकुद जुन नेपालमा सम्पन्न भएको थियो, जसमा नेपालले दोस्रो स्थान प्राप्त गरेको थियो ।
हालसम्म विभिन्न ओलम्पिकहरुमा विभिन्न मुलुकहरुले सहभागिता नजनाएका घटना पनि छन् । त्यसकाे कारण एक, विश्व महामारी भएको अवस्थामा र दोस्रो, विश्वयुद्ध भएको अवस्थामा बाहेक इन्डोनेसिया र नर्थ कोरियाले एक अर्काका विरोधमा सन् १९९६ मा मेक्सिको र साउथ अफ्रिकाको विरोध आदि बाहेक राजनीतिक आधारमा बहिष्कार भएका घटना कमै छन् ।

हाल हिउँदे ओलम्पिकमा विभिन्न देशबाट बहिष्कारका घोषणहरु आएता पनि खेल र खेलाडीहरु व्यक्तिगत रुपमा वा संस्थागत सम्बन्धका हिसाबले खेलकुदमा सहभागी हुँदैछन् । जुन विश्वमा विरलै रुपमा पाइएको छ । विश्वको बढ्दो आर्थिक र उदयमान शक्तिहरुको विच नेपाल आफ्नो खेल र खेलाडीहरुलाई त्यसतर्फ सहभागी गराउन तत्पर देखिन्छ ।

नेपाल एक चीन नीति र पञ्चशीलको आधारमा रहेर विश्व भाइचाराको उदाहरण प्रस्तुत गरी एक असल मित्र भएर देखाउन चाहन्छ । नेपालको नीति आफ्नो भूमि कुनै पनि विदेशीको विरुद्धमा प्रयोग हुन नदिने रहेको छ । हुन त हाल प्रविधि र सञ्चारले गर्दा विश्व सागुरिएको भएता पनि नेपालमा त्यस किसिमको गतिविधि कानुनले नै बर्जित गरेको हुँदा नेपाल त्यसतर्फ सजग रहेको छ ।

नेपालले हिउँदे ओलम्पिकमा हालसम्म चार पटक मात्र भाग लिएको छ । यसपटक सन् २०२२ मा चीनको वेइजिङमा सहभागी हुने जनाएको छ । तर, नेपाली मूलका तेजवीर बुढा जसले सन् १९२४ मा बेलायतको तर्फबाट विन्टर ओलम्पिकमा सहभागिता जनाएका थिए ।

हिउँदे ओलम्पिक नेपालको सहभागिता नेपाली खेलाडीहरुलाई Skiing मा राम्रो पर्दशन गर्न सहभागिता जनाउनेतर्फ एक जना पठाउने तयारी भएको बुझिन्छ । नेपालको ओलम्पिक परिषद् पूर्व ताइकान्दो खेलाडी दिपक विष्टको अध्यक्षतामा हाल गठन भएको छ । यद्यपि, २०१७ मा सुनिल लाल जोशीको निधन भएपछि नेपाल ओलम्पिक कमिटी पनि विवादमा रहेको छ ।

हालको अवस्थामा नेपाली खेलाडीहरुलाई मनोबल बढाउने र सम्मान गराउने विविध कार्यक्रमहरु वर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजबाट भएको देखिन्छ । हालै नेपालले बंगलादेशमा भएको महिला एसियन भलिबलमा आफ्नो कृतिमान राख्न सफल भएको अवस्थालाई थप कोशेढुंगाको रुपमा लिन सकिन्छ । विगतमा भन्दा हाल खेल जिवनमा पनि लक्षित गरेर जीवन चल्न सक्ने अवस्था देखिएको छ । खेलाडीहरु देशका गहना हुन्, विदेशमा गएर आफ्नो पौरख र प्रतिष्ठा व्यक्त गरेर देशको शिर उचाे बनाउने काम गरेको देखिन्छ । हालसम्म नेपालले कुल ७५ खेलाडी ओलम्पिक खेलमा सहभागिता जनाएको छ । जसमा ५० जना पुरुष र २५ जना महिला छन् ।

नेपाली इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडी नेपाल आर्मीका जितबहादुर केसी हुन् । जसले म्याराथनमा पदक ल्याउन सफल भएका थिए । विश्व ओलम्पिक इतिहासमा सम्राट Theodosius ले सन् ३९३ मा इसाईहरुको कारणले गर्दा खेल स्थगित गरेका थिए । १२ औं शताब्दीमा उक्त परम्परागत खेल पुनः आधुनिक कालमा सञ्चालन हुँदै आयो ।

सन् २०२१ को सुरुवातमै चीनले आफ्ना खेल र खेलाडीहरुको सूची प्रकाशित गरेर विश्व खेल जगतलाई एउटा छतमुनि आउन निमन्त्रणा गरेको थियो । हालसम्म चीनले २७५ स्वर्ण, २२७ काँस्य र १९४ रजत गरी कुल ६९६ पदक जित्न सफल भएको छ । चीनको सहभागिता सन् १९५२, १९५६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६ र २०२० मा भएको थियो । चीनका प्रमुख खेलहरुमा जिम्नास्टिक, स्विमिङ, सुटिङ, टेबलटेनिस, ब्याडमिन्टन आदि रहेका छन् । चीनले विगतमा भन्दा तिन गुणा स्वर्ण पदक जितेर आफ्नो खेल कौशल र प्रभुत्व जमाएको छ ।
यद्यपि नेपालले हालसम्म १२ वटा मात्रै ग्रिस्मकालिन ओलम्पिक र ४ वटा हिउँदे ओलम्पिकमा सहभागिता जनाएको छ ।

हालको अवस्थामा नेपालले प्राविधिक, भौतिक र खेल खुबी अघि बढाउन सकेको देखिन्छ । हिउँदे ओलम्पिक नेपालको छिमेकी राष्ट्र जनवादी गनतन्त्र चीनमा यही २०२२ फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा हुन गइरहेको छ । जसको नारा Together for a share future राखिएको छ । हिउँदे ओलम्पिक २०२२ अन्तर्राष्ट्रिय खेल जगतको विश्व भाइचारा आदिका लागि ठूलो अवसर पनि हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्