आमाकाे हत्या गर्ने छाेरा र श्रीमतीकाे हत्या गर्ने श्रीमान् पक्राउ

घरायसी विवादमा आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपटले हानेर हत्या गरेको अभियोगमा माेरङस्थित उर्लाबारी नगरपालिका-४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

भण्डारीले आफ्नै आमालाई चिरपटले हानेर गम्भीर घाइते बनाएकाे खबर पाएपछि ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीकाे टाेलीले आइतबार राति उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

श्रीमतीकाे हत्या गरी प्रहरीमा

झापास्थित भद्रपुर नगरपालिका-१ लाहुरे चाेकका ३४ वर्षीय अमरबहादुर तामाङ आफ्नै ३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेकाे अभियाेगमा पक्राउ परेका छन् ।

मोबाइल बिगारेको बिषयमा अमरबहादुरले श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्