Sunday, December 4, 2022
9.7 C
Diktel

‘दलितहरुलाई तिमीहरुमै छुवाछुत छ भन्नु छुवाछुत हटाउन नचाहने बाहनामात्रै हो’

Subtitle

क्रिश्चियन समुदायका अगुवा डा. बालकृष्ण शर्माले जातीय भेदभाव हटाउनका लागि धार्मिक गुरुहरुले नै प्रमुख भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले दलितहरुलाई ‘तिमीहरुका बिचमा पनि जातीय भेदभाव छ’ भनिन्छ भने त्यो भेदभाव अन्त्य गर्न नचाहने राम्रो बहानामात्र भएको बताए ।

राष्ट्रिय अन्तरधार्मिक सञ्जाल नेपाल (निरन नेपाल) ले ललितपुरको कुपनडोलमा यही फागुन १५ र १६ गते आयोजना गरेको ‘परम्परागत हानिकारक अभ्यासकाे नीति निर्माणसम्बन्धी’ कार्यशाला गोष्ठीमा उनले सो कुरा बताएका हुन् ।

उनले जात व्यवस्था हटाउनका लागि माथिदेखि तल पहल गर्नुपर्नेमा तलदेखि माथि हटाउने उल्टो प्रयास भइरहेको पनि बताए ।

उनले भने, ‘कुनै दलित बस्तीमा ब्राम्हण गुरुहरु गएर जातीय छुवाछुत हटाउनुपर्छ, धर्ममा यस्तो छैन भन्दिने हो भने त्यो प्रभावकारी हुन्छ ।’

उनले जात प्रथा हिन्दुहरुमा अति नै रहेको बताए । नेपालमा मात्र नभएर अमेरिकामा रहेका हिन्दुहरुमा पनि जात प्रथा रहेको उनको भनाइ छ ।

उनले काठमाडौं उपत्यकामा जयस्थिति मल्लले तराईका झा ब्राम्हणलाई ल्याएर जात व्यवस्था लागू गरेको र राणा कालमा त्यसले गहिरो गरी जरा गाडेको बताए ।

कार्यक्रममा हिन्दु, क्रिश्चियन, इस्लाम, किरात, बौद्ध धर्मका गुरु तथा अगुवाहरुको सहभागिता थियो ।

निरन नेपालले धार्मिक सहअस्तित्व र सद्भाव कायम गर्दै धर्मका नाममा रहेका गलत संस्कृतिहरुको न्यूनीकरण गर्नका लागि नीति बनाउने उदेश्यले गोष्ठीको आयोजना गरेको हो ।

जसमा सबै धर्मका गुरुहरुले आ-आफ्नाे समुदायमा भएका खराब अभ्यासहरुबारे छलफल गरी त्यसलाई हटाउनेबारे धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्